0
Shares
जनकपुर — धनुषामा ७ लाख ७१ हजार ५ सय नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा धनुषा, बिदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साह रहेकी छिन्। उनलाई जनकपुरको जिरोमाइलस्थित बसपार्कबाट नक्कली नोटसहित पक्राउ गरिएको हो ।
नेपाली नक्कली नोट ती महिलाले भारतबाट ल्याएर जनकपुर बजारमा चल्नचल्तीमा ल्याउन खोजेकी थिइन् । साहले सोमबार अपरान्ह कालो ब्याग बोकेर बसपार्कमा यताउता डुलिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा नक्कली नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए।