सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

0 Shares

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन्।  जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरू हुन लागेका हुन् । एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ।

सम्बन्धित समाचारसबै