0
Shares
काठमाडौँ – एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारको सामना गर्दैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेलमा कतारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । समूह एबाट नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समूह एमा नेपाल ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । ओमान ४ अङ्कबाट ६ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । आजको खेल जिते नेपाल शीर्ष स्थानमा उक्लनेछ ।
उता, मूलपानी क्रिकेट मैदानमा समूह बीमा रहेका हङकङ र कुवेत भिड्दैछन् । सेमिफाइनलमा बाँकी रहेको एक स्थानका लागि दुई टोलीबीच प्रतिस्पर्धा गर्नेछन् । यो समूहबाट यूएई सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।