0
Shares
पाल्पा – पाल्पाको दोभानस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर पाल्पामा एक युवक बेपत्ता भएका छन् । बेपत्ता युवक रुपन्देही सिद्धार्थनगर नगरपालिका –८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय रहेको छन् ।
पाल्पा प्रहरीका अनुसार बुधवार तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोलाको ड्याम साइडमा डुबेर युवक बेपत्ता भएका हुन् । दिउँसो २ बजेको समयमा पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।