गण्डकीको मुख्‍यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेश

0 Shares

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेको छ । प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले आज ४ बजेसम्मको समयसीमा तोकेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरुको  हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका हुन्  ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।

सम्बन्धित समाचारसबै