सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : रवि लामिछाने

0 Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका हुन् । लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए ।

आफ्नो दल अस्थिरताको पक्षमा नरहेको पनि लामिछानेले स्पष्ट पारे । तर सरकारले आफूले समर्थन पाइरहुँ भन्नका लागि न्यूनतम ठाउँ राख्नुपर्ने र त्यो ठाउँ राखेको छ कि छैन भन्ने कुरा पुनरावलोकनको विषय बनेको उनले बताए । यसबारेमा पार्टीमा र संसदीय दलमा छलफल गरेर मात्र अगाडि बढ्ने सभापति लामिछानेले बताए ।

लामिछानेले प्रधानमन्त्रीसँग कुरा भएको विषयबारेको जिज्ञासामा भने– ‘प्रधानमन्त्रीले बधाई दिनको लागि मात्र फोन गर्नुभएको हो । यस्तो सुनेको थिएँ के हो भनेर चासो सम्म राख्नुभएको थियो । सरकार सम्बन्धी त्यस्तो गम्भीर छलफल भएको हैन, उहाँले मलाई बधाई दिन फोन गर्नुभएको थियो ।’  उनले चुनावका बेलामा हेलिकप्टर लिएर गएर मन्त्री पद नै दिने जस्ता आश्वासन बाँडेका लगायतका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

सम्बन्धित समाचारसबै