0
Shares
गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबार नेपाल एयरलाइन्सको परीक्षण उडान सम्पन्न भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबिटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा अवतरण भएको हो। परीक्षण उडानमा निगम र नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोली सहभागी थिए।
प्राविधिक टोलीसहित गरिने उडानपछि नेपाल एयरलाइन्सले अब नागरिक उड्डयन प्राधिकरणसँग नियमित उडानका लागि अनुमति माग्नेछ। त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ।
विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ। एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्नसक्छ।