0
Shares
काठमाडाैं – सुनिल थापा मगरको आवाजमा रहेको ‘हेर यो मेरो मुटुमा’ गीतको भिडियो रिलिज भएको छ । गीतको शब्द र सङ्गीत प्रमोद कोइरालाको रहेछ भने एरेन्ज भने प्रमोद् परियारको रहेको छ ।
पी शाह र पूजा ठाकुरकाे अभिनय यस भिडियाेमा देख्न सकिन्छ । मैथिली तथा भोजपुरी गीतहरुमा देखिने पूजाले अभिनय गरेकाे भने याे नेपाली गीत पहिलो हो । गीतकाे सुटिङ पाेखरामा गरिएकाे हाे । यसलाई छाँयाकार रुपेश थापाले खिचेका हुन् भने भिडियाेकाे निर्देशनसमेत उनैले गरेका छन् । सम्पादन भने प्रबिन भट्टले गरेका हुन् ।