कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

0 Shares

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् । नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्ने छन् । सांसद भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।

सम्बन्धित समाचारसबै