0
Shares
काठमाडौँ – भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो । उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा।डा। अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ । शनिबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने जनाएको थियो ।