0
Shares
काठमाडौं – भक्तपुरमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ का २२ वर्षीय कर्मा तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर नगरपालिका–१०, कमलविनायकस्थित एक होटेलमा ती बालिकालाई विभिन्न प्रलोभनमा पारी शुक्रबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।