0
Shares
काठमाडाैं– सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज वार्ता हुँदैछ । आइतवार रातिसम्म भएको वार्ता मौखिक रूपमा सहमति नजिक पुगे पनि लिखित रूपमा सहमति हुन सकेको छैन ।
सोमवार साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिंदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महावीर पुन सल्लाहमै धर्नामा बसेको बताएका छन् ।