युएईविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

0 Shares

काठमाडौं– एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । यूएईका ओपरन मोहम्मद वसीमलाई आउट गर्दै कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । युएईका वसीम आठ बलमा ११ रन बनाएर आउट भए ।

घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा छ।

सम्बन्धित समाचारसबै