रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

0 Shares

काठमाडौँ – रास्वपा संसदीय दलको नेतामा सो पार्टीका सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो ।   बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरिएको रास्वपाका एक नेताले जानकारी दिए । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिएका थिए ।

सम्बन्धित समाचारसबै