पूर्व मन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ

0 Shares

काठमाडौँ – पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौँ प्रहरीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको समाचार प्रकाशित भएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा यसअघि प्रहरीले अरू तीन जनालाई पक्राउ गरेको थियो । राई नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार रहेका थिए ।

सम्बन्धित समाचारसबै