शहीद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै

0 Shares

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ । शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सीमित रहेको छ ।

सम्बन्धित समाचारसबै