झापामा ब्राउन सुगरसहित २ महिला पक्राउ

0 Shares

झापा – झापामा   ७६ ग्राम ३४० मिलिग्राम  ब्राउन सुगरसहित  प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर  बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् ।

झापा भद्रपुर नगरपालिका-८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

 

सम्बन्धित समाचारसबै