बुधबार जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

0 Shares

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक वैशाख २७ गते बुधबार बस्ने भएको हो ।

बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

सम्बन्धित समाचारसबै