0
Shares
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो राखेका छन् । शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् । यसका लागि राष्ट्रपतिले आइतबार दिउँसो शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको शीतल निवास स्रोतले जनाएको छ । छलफल दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।