एमाले सांसदले प्रधानमन्त्रीलाई भने- तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ

0 Shares

काठमाडौँ – नेकपा एमालेले भ्रष्टाचार सम्पूर्ण काण्डबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा गत भदौमा राष्ट्रिय सभामा एमाले सांसद पार्वती रावलले उठाएको विषय सरकारले नसुनेको बताए ।

प्रमुख सचेतक गिरीले भने,‘प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् । हामीलाई अव विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अव गंभीरताका साथ छलफल गरौँ । यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’

त्यसका लागि नेकपा एमालेको साथ र सहयोग रहने उनले बताए ।

सम्बन्धित समाचारसबै