पेरिसडाँडामा हुने भेटघाटको कार्यतालिका स्थगित

0 Shares

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्न बनाइएको कार्य तालिका तत्कालका लागि स्थगित गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयमा हुने भेटघाट तत्काल स्थगित गरिएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका बनाएको थियो । गत आइतबारदेखि जेठ १५ गतेसम्म प्रधानमन्त्री सहित मन्त्रीको भेटघाट बन्द गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।

सम्बन्धित समाचारसबै