तरुल खनेको खाल्डोमा भरुवा बन्दुक फेला

0 Shares

रूकुम(पूर्व) – प्रहरीले सिस्ने गाउँपालिका-८ स्यालापाखास्थित सिमपातल सामुदायिक जंगलबाट ४ थान भरुवा बन्दुक सोमबार साँझ बरामद गरेको छ ।

उक्त जंगलमा तरुल खनेको खाल्डोमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै