0
Shares
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक जारी छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहिवेरअघि बैठक सुरु भएको अध्यक्ष केपी शर्मा ओली सचिवालयले जनाएको छ।
बैठकमा आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
सचिवालय बैठकले पार्टीको आगामी केन्द्रीय कमिटीको छलफलको एजेन्डा तय हुने जनाइएको छ। पार्टीको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ। बैठकमा नक्कली शरणार्थी प्रकरणपश्चात फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीको बारेमा पनि बैठकमा छलफल हुने सम्भावना रहेको छ। फरार रायमाझीको प्रहरीले खोजी गरिरहेको छ। टोपबहादुरका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।