0
Shares
काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइए शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई पनि कारबाही हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौँको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको ‘बृहत नागरिक आन्दोलन’मा बोल्दै डा. केसीले ठूला नेताहरुलाई कारबाही नभइकन भ्रष्टाचार कम नहुने बताएका हुन्।
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने डा. केसीको भनाइ थियो।
उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुनपर्छ। देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ।’