गुनासो गर्दा खानेपानी संस्थाका कर्मचारीले उपभोक्तालाई दिए धम्की

0 Shares

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिका ८ उदयपुर स्थित मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आन्तरिक विवाद र समस्याका कारण यहाँका सयौँ उपभोक्त मारमा पर्ने गरेको पाइएको छ । उपभोक्ता समिति र कार्यरत कर्मचारीको आन्तरिक विवादका कारण उपभोक्ता नियमिति पिउने पानीको उपभोग गर्नबाट बञ्चित भएका छन ।

खानेपानी समितिको स्थापनाकाल देखि नै कर्मचारीको रुपमा रहेका अपरेटर भिमलाल पाण्डेको चरम लापरवाहीका उपभोक्ताहरु यतिबेला गर्मीयामको समयमा दिनहु समस्या भोग्नु परेको गुनासो छ । यो खानेपानी समितीमा विगत ६ वर्ष देखि लेखापरिक्षण समेत हुन सकेको छैन ।

अपरेटर पाण्डे खानेपानीमा कार्यरत रहेता पनि उनले खानेपानी संस्थाको हित बिपरीतका कहियौ काम गरेको आरोप लागेको छ । खानेपानी उपभोक्ता समितीमा उजुरी दिनहु कार्यालय र समिती समक्ष पुग्दा समेत समितीले कर्मचारी पाण्डे कै लापरवाहीका कारण खानेपानी संस्थाको बदनाम भएको समितीकी कार्यवाहक अध्यक्ष पार्वती थापाले बताए ।

यता वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल ठुटेनी टोलकी खानेपानी उपभोक्ता शान्ती राना र हुमा पाण्डेले समयमा पानी नपाए पछि ३ महिना सम्म पानीको बिल नबुझाएर कार्यलयमा तालाबन्दी गर्नका लागि पुगेको र ध्यानाकर्षण पत्र पेश गर्दा पनि त्यसको कुनै समाधान नभएको गुनासो गरेका छन् । यस्तै उनीहरुले अपरेटर पाण्डेलाई सोही गुनासो गर्दा अन्य खानेपानी ट्ङ्गकीको पानी जडान गर्न भन्दै आफुलाई धम्की दिएको उनीहरुको भनाई छ । ढोडेकोल र मोर्मी टोलका अधिकांस उपभोक्ता खानेपानी संस्थाले नियमित प्रवाह गर्ने खानेपानीमा आस्रित भएता पनि यी उपभोक्ताहरु हाल भने अपरेटर पाण्डेको लापरवाहीले दुख पाएको बुझिएको छ ।

पाण्डेले अध्यक्ष कमलकान्त भट्टराई रहेका बेला विगत ५ बर्ष सम्म आफुले अपरेटर देखि पानीको बिल काट्ने सम्मका सम्पुर्ण काम गरेको समयमा समितीको पैसा दुरुपयोग तथा हिनामिना गरेको आरोप लागेका कारण हाल बिलकाट्ने जिम्मेवारी उनीबाट खोसिएको बताइएको छ ।हाल समितीका अध्यक्ष भट्टराई उपचारार्थ अमेरिकामा छन् । उनले समितिको कार्यवाहक अध्यक्षको जिम्मा पार्वती थापालाई दिएका छन् ।

अपरेटरपाण्डे स्थानीय समेत हुन । उनी विभिन्न धार्मिक कार्यमा समेत सहभागि हुने गर्दछन् । खानेपानीको अपरेटरको भुमिकामा भन्दा बढी आफ्ना धार्मिक कार्य र घरायसी काममा बढी व्यस्त हुने गरेका कारण स्थानीयले दैनिक पिउने पानीको अभाव खेप्नु परेको गुनासो गरेका छन् ।

उनले आफूले विल काटेको हिसाब समेत स्पष्ट पार्न नसेकका कारण हाल संस्थाको लेखा परिक्षण समेत वर्षौ देखि रोकिएको संस्थाको कार्य समितिले जनाएको छ । समितिमा उपभोक्ताबाट दिनहु आउने गुनसा माथि समेत उनले आफु जिम्मेबारी भन्दा बाहिर रहेको हिसावले ठाडो जवाफ दिने गरेको र आगामी कार्यकालमा आफैले संस्थाको नेतृत्व लिने बताउने गरेको स्थानीयको भनार्इ छ ।

यस्तै उनले लाईन नभएको बेला जेनेरेटरको व्यवस्था भएता समितीले गरे पनि उनले बिग्रिएको बहाना वनाएर आफै जेनेरेटरको तार थुत्ने गरेका कारण पटक पटक प्राबिधीकले जेनेरेटर बिग्रिएको नभएर पाण्डेको लापवाहीले जानी जानी तार छुटाएर नचल्ने गराएको समिती समक्ष्य जानकारी गराए पछि अहिले जेनेरेटर ठिक अवस्थामा समेत रहेको बुझिएको छ । पाण्डे आफू भार्मिक र घरायसी काममा गएका वेला आफनो अपरेटरको काम स्थानीय युवाहरुलाई ज्यालादारी दिनको एक सय रुपैँयाका दरले काममा लगाउने गरेको समेत आरोप छ । यस विषयमा समितिलाई समेत जानकारी हुँदा पनि उनी संस्थामाथि हावी भएको समितिकै एक पदाधिकारीले बताए ।

२०५९ सालमा सूरुवात भएको मोतिपुर खानेपानी तथा सरसपाई उपभोक्ता समिति २०६६ सालमा नेपाल सरकारले उपभोक्ता समितीलाई हस्तान्तरण गरेको थियो । सोही बमोजिम समितीको प्रथम साधारण सभा तथा प्रथम अधिबेशन २०७३ सालमा फागुन १५ गते गठन भएको समिती हाल निस्कृय रहदा यस्तो अवस्था आएको हो । हाल यो उपभोक्ता समितिका ५ सय ८० सदस्य रहेका छन् ।

यता समितीका कोषाध्यक्ष वाणगंगा ८ ढोडेकोल निवासी माधव पौडेल हाल वाणगंगा नगरपालिकामा नै बसोवास गर्न छाडेको ३ बर्ष भयो । उनी हाल सितगंगा नगरपालिका ३ ठाडामा बसोवास गर्दै आएको भन्ने कुरा सुन्नमा आएता पनि उनी खानेपानी उपभोक्ता समितीको नत कुनै सम्पर्क छन । नत उनले आफनो कुनै कर्तव्य पुरा गरेका छन् । समितीमा हाल आर्थिकको जिम्मेवारीमा रहेका सचिव टुकलाल भट्टराईले लिएता पनि उनले पनि आफनो कार्य व्यस्ताता देखाउदै उनले पनि आफुले समय दिन नसकेको समेत स्वीकार गरेका छन् । केही समय अगाडी खानेपानीको बिषयमा आर्थिक अनियमितताको उजुरी अत्तियार अनुसन्धान आयोगमा परे पछि अत्तियारले आर्थिक अनियमितता देखिएका कारण चेतावनी समेत दिएको स्थानी उपभोक्ताले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारसबै