स्याङ्जा– नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आगामी निर्वाचनले देशको भविष्यको फैसला गर्ने बताएका छन् । देशलाई अग्रगमनवा पश्चगमनमा लैजाने विचारको निर्वाचनले फैसला गर्ने उनले बताए ।‘देशलाई स्थिरता तर्फ लैजान सक्ने, देशको स्वाभिमान बचाई राख्ने, राष्ट्रियताका पक्षमा आँखामा आँखा जुधाएर सामाना गर्न सक्ने नेतृत्व नेकपा एमालेमा छ ।’ एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनमा राष्ट्रियता बिरोधीलाई हराएर एमालेले बहुमत ल्याउने दाबी समेत गरे ।
कास्कीको पोखरा र बाग्लुङ्पछिको सोमबार स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने ‘मंसीर ४ माहुने निर्वाचन देशलाई उज्यालो तर्फ लानेकी अध्यारोमा लाने, देशको भुमिको रक्षा गर्ने किन गर्ने, यो देशको स्वाभिमान बचाउने की नबचाउने रुभन्ने साँचेर मात्र ठीक ठाउँमा मतदान गर्नुपर्छ ।’
बहुदलीय व्यवस्थामा निर्वाचन हुनु, जित हार हुुनु सामान्य प्रक्रिया रहेपनि यस पटकको निर्वाचनले देशलाई अँध्यारोतर्फ धकेल्ने की उज्यालो रोशनीमा देशलाई लैजाने भन्ने विषयमा मतदाताहरु गम्भीर भएर आफ्नो मत खसाल्नुपर्ने उनले बताए ।
देश बनाउने दृष्टिकोण नभएका, विचार,नीति, सिद्धान्त र कार्यक्रम नभएका जोसँग पनि मिलेर सरकार बनाउनेलाई मतदानद्धारा जवाफ दिन आग्रह गर्दै अध्यक्ष ओलिले घाँटी निमोठ्न सक्नेहरुबाट होसियार हुनुपर्ने भन्दै सुदृढ राष्ट्रियता निर्माण गर्न एमालेको नेतृत्वमा मात्रै संभव रहेको बताए । घुँडा टेकाउने सरकार बनाउने की र आँखा जुधाएर राष्ट्रियताका लागी सामाना गर्न सक्ने सरकार देशलाई चाहिन्छ भनेर सोँचेर मत खसाल्न उनल मतदातालाई आग्रह गरे । एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेर ५-५ दल गठबन्धन निर्माण गरेपनि प्रतिपक्षीहरु अत्तालिएको उनले बताए ।
स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आयोजित चुनावी सभामा एमालेका सचिव पद्मा अर्याल सहितका उम्मेदवारहरुले बोलेका थिए । सभामा गाउँगाउँबाट आएका एमाले कार्यक्रर्ताको बाक्लो उपस्थिती थियो ।