शेर्पा संघ ओखलढुंगालाई नि : शुल्क जग्गा, भवन निर्माणको काम छिट्टै अगाडि बढ्ने

0 Shares

ओखलढुंगा ।  नेपाल शेर्पा संघ ओखलढुंगाको भवन निर्माणका लागि दुई  समाजसेवी  सोनाम टाशी शेर्पा र साङ्गे शेर्पाले एक-एक रोपनी  जग्गा निशुल्क दान गरेका छन्। नेपाल शेर्पा संघ ओखलढुंगाको भवन  निर्माण प्रयोजनका लागि सहयोगी दुई  शेर्पाले जग्गा प्रदान गरेका हुन।

संघको लागि जग्गा प्राप्त भएपछि संघले भवन निर्माणको काम छिट्टै अगाडि बढाउने योजना बनाइएको संघका  जिल्ला अध्यक्ष पेम्बा शेर्पा च्यावले जानकारी दिनुभएको छ ।

अध्यक्ष शेर्पाका अनुसार संघले शेर्पा संस्कृति झल्किने गरी भवन बनाउने र सो कार्यको लागि सहयोगी दाताहरु संग सहयोग संकलन तथा स्थानीय तहसंग बजेट माग गर्ने योजना बनाइ अघि बढ्ने  जनाइएको छ ।

सम्बन्धित समाचारसबै