मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

0 Shares

रुपन्देही– रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगेडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय नीरज लोधको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचारसबै