माझी उत्थान संघको केन्द्रीय अध्यक्षमा चिनीमाया माझी निर्वाचित

0 Shares

नेपाल माझी उत्थान संघको केन्द्रीय महाधिवेशन सुनसरीको मधुवनमा सम्पन्न भएको छ ।

जेठ १४ गतेदेखि तीन दिनसम्म चलको महाधिवेशनले चिनीमाया माझीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल माझी र उपाध्यक्षमा कृष्ण माझीलाई चुनेको छ ।

यसै गरी महासचिवमा बबिन्द्रलाल माझी चुनिनु भएको छ । । त्यस्तै कोषाध्यक्षमा सन्तबहादुर माझी र सह–कोषाध्यक्षमा सृजना माझी निर्वाचित हुनुभएको छ ।

महाधिवेशनबाट सचिवमा गोपाल माझी र सुनिता माझी निर्वाचित हुनुभएको रामेछापबाट कार्यक्रममा सहभागी हुनुभएका बालकृष्ण माझीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारसबै