मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

0 Shares

मुगु– मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन् । उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन् ।

बाजुराको बुढिनन्दा नगरपालिका–१ माइती घर भएकी गिरीले पाँचवर्ष अघि मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् । रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् ।

उनका माइती पक्षले भने परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ । तीन महिने छोरी छाडेर रमना बेपत्ता हुनै नसक्ने माइती पक्षको दाबी छ ।

माइती पक्षले घटनाको छानविन गर्न प्रहरीमा उजुरी दिएका छन् । खोजविनमा अग्रसरता देखाउन दवाव दिँदै माइती पक्षका २५ जनाले सुकाढीक प्रहरी चौकीमा धर्ना पनि दिएका छन् । रमनाका श्रीमान प्रेमलाललाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै