काठमाडौं– विजय दशमी,शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल विद्यार्थी संघ पशुपति इकाई समितिले आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा बृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सप्पन्न भएको छ । अमृत उप्रेतीको संयोजकत्वमा पशुपति क्याम्पसको प्रांगनमा शुकबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा नैनसिंह महर र अन्य नेताहरु मनोज वैद्य, जीवन श्रेष्ठ लगायतको उपस्थिति थियो । सो कार्यक्रममा बोल्दै नैनसिंह महरले सिंगो देश तथा विदेशमा रहेको सम्पुर्ण नेपालीलाई दशैं तिहारको शुभकामना दिए । त्यस्तै उनले नेविसंघलाई देशव्यापी रुपमा जागृत गराउन आह्वान समेत गरे ।

सोहि कार्यक्रममा बोल्दै नेता जीवन श्रेष्ठले पशुपति क्याम्पस सदृढ हुनमा नेविसंघको ठुलो देन रहेको बताए ।

त्यस्तै अर्का नेता तिलक पुलामी मगरले पशुपति क्याम्पसका विद्यार्थी, शिक्षक लगायत सम्पुर्ण देशवासीलाई दशैं तिहारको शुभकामना दिँदै नेविसंघले पशुपति क्याम्पसमा विभिन्न कार्यकम गर्दै आएको जानकारी दिए ।

