नौबस्ता बालबन्दीलाई जाडो लुगावापत नगद वितरण

0 Shares

काठमाडौँ । नौबस्ता बाल सुधार गृहका बालबन्दीलाई जाडो लुगावापतको नगद रुपैयाँ वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौवस्ता बाल सुधार गृहमा पुगेर बाल सुधार गृहमा रहेका एक सय २ जनालाई जाडो लुगा वापतको एक हजार नौ सय २१ रुपैयाँ दिएका हुन्।

दैनिक सिधाबाहेक बन्दीले जाडो र गर्मीमा लुगावापत पैसा पाउने गर्छन् । तीन दिनअघि बालबन्दीको बीचमा भएको झडपले तनावग्रस्त बनेको नौबस्ता बाल सुधार गृह शान्त भएपछि उनीहरुलाई जाडोमा पाउने पैसा दिइएको छ ।

पुस १५ गते भएको झडपपछि बाल सुधार गृहबाट १४ जना फरार भएका छन् । त्यहाँ रहेकाहरुलाई एक ठाउँमा नराखेर अलगअलग राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचारसबै