सिराहाबाट पेस्तोलसहित युवक पक्राउ

0 Shares

काठमाडौँ ।  प्रहरीले सिराहाबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव छन् । उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रबिन्द्रराज पाण्डेले  बताए ।

सिराहा नगरपालिका– ७ स्थित सल्हेश मन्दिर नजिकै २२ वर्षीय सञ्जीतकुमार यादव र उनकी बहिनी सञ्जीता यादव बस्ने डेरामा गएर सरोजले विवाद गरेका थिए । विवादपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । विवादमा संलग्न सरोजकुमार यादवलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पेस्तोल फेला परेको डीएसपी पाण्डेले जानकारी दिए । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै