बर्दिया- २ (१) मा नागरिक उन्मुक्ति पार्टीका  धर्मराज चौधरी निर्वाचित

0 Shares

बर्दिया — बर्दिया क्षेत्र नम्बर २ (१) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका धर्मराज चौधरी निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका मान बहादुर चौधरीलाई फराकिलो मतले पराजित गरेका हुन् ।

धर्मराज २० हजार १ सय २७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मान बहादुरले १० हजार ९ सय ८४ मत पाएका छन् ।

उनी २०६४ को संविधानसभामा निर्वाचित भएका थिए । एमालेबाट प्रदेससभा सदस्यमा उम्मेदवार बनेकी कृष्णी थारुले ७ हजार १८ मत पाएकी छन् । उनी ०७४ सालमा एमालेबाट निर्वाचित भई लुम्बिनी प्रदेशको उपसभामुख बनेकी हुन् ।

सम्बन्धित समाचारसबै