अप्पा नेपालको अध्यक्षमा सत्यनारायण पक्का निर्विरोध निर्वाचित

0 Shares

काठमाडौं । नेपालमा औद्योगिक तथा बौद्धिक सम्पत्ति कानूनको क्षेत्रमा कार्यरत कानून व्यवसायीहरुको संगठन एशियन पेटेन्ट एटोर्निज एशोसियशन नेपाल Asian Patent Attorneys Association (APAA –Nepal) अप्पा नेपालको अध्यक्षमा सत्यनारायण पक्का निर्वाचित भएका छन् ।

अप्पाको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो । अधिवक्ता सत्यनारायण पक्का निर्विरोध रुपमा अध्यक्षतामा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा उपाध्यक्ष अधिवक्ता सनद सत्याल, महासचिवमा अधिवक्ता दामोदर तिम्सिना, कोषाध्यक्षमा अधिवक्ता रन्जु बस्नेत तथा सदस्यहरुमा अधिवक्ताहरु जयलाल भण्डारी, राधाकृष्ण पाठक र कृपा श्रेष्ठ छन् ।

संस्थाका संस्थापक अध्यक्ष अधिवक्ता जनक भण्डारीका अनुसार अप्पा सन् १९६९ मा जापानमा स्थापित Asian Patent Attorneys Association ले Nepal Chapter को रुपमा पनि काम गदै आएको छ ।

सम्बन्धित समाचारसबै