नुवाकोट–१ (१) मा माओवादीका राधिका विजयी

0 Shares

नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छिन् ।

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। यसअघि सोही प्रदेशसभाबाट निर्वाचित भएकी तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी भएकी हुन् ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा (एकीकृत समाजवादी)का राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले एक सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले एक सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले एक सय तीन मत प्राप्त गरे ।

सम्बन्धित समाचारसबै