यस्तो छ आजको मौसम पूर्वानुमान

0 Shares

काठमाडौं – मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।

सम्बन्धित समाचारसबै