इन्द्रायणी साकोसको रक्तदान र निशुल्क पाठेघर परिक्षण शिविर सम्पन्न

0 Shares

भक्तपुर – भक्तपुर – २ मा अवस्थित इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.(इन्द्रायणी साकोस) ले शनिवार रक्तदान तथा निशुल्क पाठेघर शिविर सञ्चालन गरेको छ ।

साकोसको १६ औं स्थापना दिवसको अवशर पारेर साकोसकै शिक्षा तथा स्वास्थ्य उपसमितिको संयोजना र साकोसको आयोजनामा खुल्ला रक्तदान तथा पाठेघ शिविर आयोजना गरेको हो । बिहान ७ बजेदेख ११ बजे सम्म सञ्चालित खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् भने ३० जना महिलाहरुको पाठेघर परिक्षण कार्य सम्पन्न भएको हो ।

साकोसले हरेक वर्ष सामाजिक कार्य अन्तर्गत रक्तदान र स्वास्थ्य शिविर, सम्पदा सर सफाई, खेलकुद प्रतियोगिता, बनभोज कार्यक्रम, जेष्ठ नागरिक भ्रमण लगायतका सामाजिक कार्यहरु गर्दै आएको साकोसले जनाएको छ ।

सम्बन्धित समाचारसबै