0
Shares
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । पछिल्लो समय साम्पाङले रास्वपाको निरन्तर आलोचना गर्दै आएका छन् । यद्यपि आइतबार मन्त्रालयमा भएको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गरिनुपर्ने धारणा राख्दै सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन पनि हुनुपर्ने माग राखेका थिए ।