बिगत २५ बर्ष देखि राजनितिमा होमिएका समाजसेवी रमेश गौतम ब्यबसायी को रुपमा पनि चिनिनुहुन्छ।
बालुवाटार काठमाण्डु निवासी समाजसेवी, नेपाल तरुण दलका केन्द्रिय सदस्य रमेश गौतम विभिन्न संघ-संस्थामा आबद्ध छन। देशमा भई रहेको आर्थिक, सामाजिक र राजनीतिक अस्थिरतालाई अबको युवाले गतिशिल बनाउछ भन्ने सोच सहित राजनीति गर्ने रमेश गौतम आफुले जानेको र बुझेको समय देखि नै “प्रजातन्त्र र जनताको आस्थामा बिश्वास गर्ने र सरल तथा सत्य राजनीती गरी देशलाई अघि बढाउँ भन्ने नारा” सहित नेपाली कांग्रेसलाई मुल धार बनाई बिगत २५ बर्ष देखि नेपाली कांग्रेसमा रही अहिले नेपाल तरुण दलको केन्र्दिय सदस्यमा बसि राजनीति गरिरहनु भएको छ। राजनीतिलाई नितान्त समाज सेवा र देशको प्रमुख अङ्ग मान्ने उहाँ आफू रहुन्जेल नेपाली कांग्रेस र देशको हितको लागि अघि बढ्ने बताउनु हुन्छ।
नेपाल तरुण दल केन्द्रिय अध्यक्ष बिध्वान गुरुङको अध्यक्षतामा बन्न लागि रहेको तरुण केन्द्रिय कार्यालयको भवन निर्माणमा पनि सहयोग गर्नु भएको छ।उहाँले गर्दै गर्नुभएको यो सहानीय कार्यको लागि नेपाली कांग्रेस पनि कृतज्ञ रहेको कुरा नेपाली कांग्रेसका अग्रज राजनीतिज्ञहरुको पनि भनाई छ।
आशा गर्नेछौ उहाँले समाज, देश र जनताको लागि युवा राजनीतिज्ञ भएर पक्कै पनि हितका कार्यहरु गर्नुहुनेछ।