जबरजस्ती करणी गरेको अभियोगमा लिम्बु पक्राउ

0 Shares

ओखलढुङगा– ओखलढुङगा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै