प्रमोद भण्डारी र अभिषेक जोशीको नेतृत्वमा जलदेवी माविमा श्रीमद्भागवतगीता वितरण

0 Shares

रामेछाप। गीतकार एवं मुक्तककार प्रमोद भण्डारी र अध्येता एवं लेखक अभिषेक जोशीको नेतृत्वमा आज रामेछापको सुनापती गाउँपालिकास्थित रहेको खनियापानीको जलदेवी मावी विद्यालयमा कक्षा १ देखि ५ सम्मको प्रत्येक विद्यार्थीलाई कापी र सिसाकलम वितरण गरिएको छ।

साथै कक्षा ६ देखि १० सम्मको प्रत्येक विद्यार्थीलाई कापी, डटपेन र श्रीमद्भागवतगीता पुस्तक वितरण गरिएको छ। उक्त अभियानमा प्रमोद भण्डारी, अभिषेक जोशी, वसन्त तिवारी, राजेश खड्का, बिराट ठकुरी र चन्द्र मानन्धर आबद्ध थिए। विद्यालयको प्रत्येक शिक्षकलाई पनि एक-एकप्रती बाडिएको थियोे। साथै विद्यालयमा रहेको पुस्तकालयलाई पनि ५ प्रती उक्त ग्रन्थ बाडिएको थियोे।

गाउँमा रहेको भजन-कृतन टोलीलाई पनि उक्त ग्रन्थ वितरण गरिएको थियोे। धर्म संस्कृतीमा ह्रास आईरहेको समयमा हिन्दु धर्म ग्रन्थप्रती मोह जागोस; पठन संस्कृतिको विकास होस्, पुस्तक भनेको संसार चियाउने आँखीझ्याल हो भन्ने उदेश्यले उक्त ग्रन्थ वितरण गरिएको साहित्यानुरागी प्रमोद भण्डारीले बताए। विद्यार्थीलाई मनोरञ्जन गराउनको लागि भण्डारीले आफ्नो केही प्रेमिल मुक्तक पनि बाचन गरेका थिए। साथै सधैं बिहान् कम्तीमा २/३ पेज उक्त ग्रन्थ पढ्नको लागि विद्यार्थीलाई आग्रह गर्दै यस ग्रन्थको महत्त्व दर्शाउदै अध्येता एवं लेखक जोशीले आफ्नो मन्तव्य राखेका थिए।

विद्यालयका प्रधानाध्यापकले पनि यस कार्यक्रमलाई सकारात्मक रूपमा लिदै विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गरेको थिए।

सम्बन्धित समाचारसबै