साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीको २०औं वार्षिकोत्सव कार्यक्रम भव्यताका रूपमा सम्पन्न

0 Shares

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११, कपन, काठमाडौ स्थित साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीको २०औं वार्षिकोत्सव कार्यक्रम भव्यताका रूपमा सम्पन्न भएको छ। चैत्र २ गते, शनिवार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह समेत सम्पन्न गरिएको थियोे।

कार्यक्रममा प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहनुभएको थियो भने विद्यालयका संस्थापक अध्यक्ष निम्तो शेर्पाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराई र राष्ट्रिय निर्वाचन सुपरिवेक्षण समितिका कोषाध्यक्ष तेज प्रशाद तिमल्सिना र नेशनल प्याब्सनका केन्द्रिय सदस्य विजय खरेलको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका संस्थापक निमा शेर्पा, रिन्जेन छोमु शेर्पा र फुर्निमा शेर्पा तथा प्रधानाध्यापक गोविन्द बहादुर धामी सहित अन्य विभिन्न क्षेत्रका व्यक्तित्व, सयौं अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयले साम्तेन स्टार, मास्टर तथा मिस किड्स सम्तेनमा विजयी विद्यार्थी र स्टुडेन्ट्स अफ द इयरमा छानिएका विद्यार्थी सहित जम्म ९९ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका कक्षागत प्रस्तुतिहरु तथा विद्यालयका शिक्षक शिक्षिकाको बेजोड प्रस्तुति रहेको थियोे।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि नगर प्रमुख अधिकारीले नगरपालिका भरिमै सबैभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको साम्तेन स्कुलले +२ अन्तर्गत १००% छात्रवृत्ति सहित देशलाई आवश्यक दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो भने अन्य विशिष्ट अतिथिहरुले शुभकामन मन्तव्य रख्नु भएको कार्यक्रममा प्रधानाध्यापकले साम्तेन स्कुलले किताबी ज्ञान मात्र नभई समय सापेक्ष सीप, कला र खेलकुदलाई पनि उत्तिकै महत्त्वका सथ अघि बढाईरहेको बताउनु भयो त्यसैगरी अध्यक्ष निम्तो शेर्पाले विद्यालय स्थापनाको इतिहास प्रष्ट पार्दै आगामी बर्षबाट पुर्व प्रथमिक, आधारभूत, माध्यामिक र +२ का लागि छुट्टाछुट्टै ब्लक बनएर गुणस्तरीय शिक्षा प्रदान गरिने जनकारी गराउनु भयो जसले विद्यार्थी र अभिभावकहरूलाई उत्साहित पारेको थियो। उक्त कार्यक्रम विद्यालयका सह प्रधानाध्यापक दिनेश भुजेलले संचालन गर्नु भएको थियो।

सम्बन्धित समाचारसबै