0
Shares
काठमाडौँ । नेपाल तरुण दल सोलुखुम्बुको जिल्ला अधिवेशन तत्काल गर्न माग गरिएको छ । लामो समयदेखि तरुण दल सोलुखुम्बु अध्यक्ष विहीन भएको भन्दै सोमबार काठमाण्डौमा बसेको बैठकले रिक्त रहेको अध्यक्ष तथा अन्य पदाधिकारी चयन अगाडी बढाउन माग गरेको हो।
केन्द्रिय समितिले दिएको कार्य अवधिभित्र तरुण दलको पुर्णकालिन सदस्यता वितरण नगरेको भन्दै तरुण दल वडा कार्य समितिलाई हस्तान्तरण गरि विधिवद रुपमा पुर्णकालिन सदस्यता वितरण गर्ने माग गर्ने निर्णय भएको बैठकमा सहभागी एक तरुण नेताले बताए । बैठकमा महाधिवेशन प्रतिनिधि जीवन गुरुङ, तरुण दलका केन्द्रिय सदस्य अश्बिन बाबु थापा, ङिम छिरि शेर्पा, शेखर बस्नेत, पुष्कर बास्तोला, तरुण दलका नेता भाईकाजी शर्मा लगायतको उपस्थीती रहेको थियो ।