काठमाडौ । निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘कोशेढुंगा’ सोमबारबाट पुन: प्रदर्शनमा आउँने भएको छ ।
दोस्रो सातासम्म आइपुग्दा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण हल बन्द भएपछि रोकिएको चलचित्र ‘कोशेढुंगा’ सोमबारबाट प्रदर्शनमा आउन लागेको हो ।
निकै राम्रो वर्ड अफ माउथ पाइरहेका बेला हल बन्द भएपछि रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माणपक्ष ढुक्क छ ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुंगा’को देशभरबाट वर्डअफ माउथ बलियो भइरहेका बेला निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए ।
चलचित्रको लेखक तथा निर्देशन पनि सरोज नै हुन् ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।
यस चलचित्रको गीतमा खेम सेञ्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।