निरंजन ठाकुरको संयोजनमा नेशनल वक्स अफिस अवार्डस्–२०८२ भव्यताका साथ सम्पन्न भएको छ। नयाँ वर्षको शुभकामनाका साथमा चलचित्र तथा टेलि चलचित्रका विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने साथै कला क्षेत्रमा योगदान पुर्याउने कलाकर्मीहरू सम्मानित भएका छन् ।
वक्स अफिस इन्टरनेशनल ग़्रुपद्वारा आयोजित उक्त कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लबमा गत शुक्रबार सम्पन्न भएको हो। कलाकारहरूको सम्मान, सहयोग र कला क्षेत्रलाई सवल रूपमा अगाडि बढाउन ग़्रुपले वर्षेंनी यो कार्यक्रम आयोजना गर्दै आएको छ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ट अतिथि रहेको थियो । उनले उक्त कार्यक्रममा नेपाली चलचित्र बजारको वार्षिक समीक्षा समेत गरिएको थियो । चलचित्र तथा टेलि चलचित्रका विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने कलाकारहरू नेशनल वक्स अफिस अवार्डसद्वारा सम्मानित भएका छन् ।
अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न गराउन तथा चलचित्र क्षेत्रको वृद्धि विकास, समीक्षा र अध्यापनमा उत्कृष्ट भूमिका खेलेको भन्दै कलाकर्मी वसन्तराज शर्मा सम्मानित भएका थिए ।
वेबसिरिज अवार्ड सम्मान, टेलिफिल्म अवार्ड सम्मान, म्यूजिक अवार्ड सम्मान, वक्स अफिस फिल्मफेयर अवार्ड सम्मान, ब्लकबस्टर फिल्म अवार्ड सम्मान, सम्मानपत्र वितरण जस्ता सेसन कार्यक्रमका मुख्य आकर्षण रहेका थिए ।