0
Shares
स्याङजा– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।
बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।