सुन्दरबजारले गर्‍यो चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन

0 Shares

लमजुङ– सुन्दरबजार नगरपालिकाले चालु वर्षको चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गरेको छ । गरपालिका राजस्व शाखाका हरिप्रसाद कुमालका अनुसार भूमिकर, घरबाहल, सिफारिस दस्तुर, नवीकरण लगायतबाट राजस्व संकलन गरेको हो । सम्पत्ति करबापत १२ लाख ११ हजार, घरबाहलबापत ३ लाख ७२ हजार, व्यवसायीक करबापत ५८ हजार र अन्य करबापत २ हजार ९ सय राजस्व संकलन भएको उनले बताए ।

परीक्षा शुल्कबाट २७ हजार, नक्सापास दस्तुरबाट ७ लाख, सिफारिस दस्तुरबाट ५ लाख ५० हजार, व्यक्तिगत घटना दर्ताबाट ६१ हजार, नाता प्रमाणित दस्तुरबाट ४० हजार संकलन भएको छ । अन्य राजस्व ३ लाख ७० हजार संकलन भएको उनको भनाइ छ ।  नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड २३ लाख ६४ हजार  राजस्व संकलन गरेको थियो ।

सम्बन्धित समाचारसबै