0
Shares
एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कंगोमा भीषण वर्षाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ।राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट-नगाफुलाका रहेको बताइएको छ। वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।