विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

0 Shares

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२२ को उपाधिका लागि आज साबिक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्।

आज राति नेपाली समयअनुसार ८ः४५ बजे कतारको दोहास्थित लुसेल स्टेडियममा फ्रान्स र अर्जेन्टिना आमनेसामने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्। अर्जेन्टिनालाई क्रोएसियालाई ३–० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो ।

यस खेलको विजेताले कतारमा जारी २२औँ संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् । त्यस्तै, शनिवार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ।

सम्बन्धित समाचारसबै